काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

किन बस्न सकेन कांग्रेस केन्द्रीय समिति बैठक ?

15.18K
shares

विधान विवादमा नेताहरुबीच कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेन । महासमिति बैठकमा अन्य प्रस्तावजस्तै विधान मस्यौदा पनि केन्द्रीय समितिबाट पारित गरी ल्याउने प्रयासमा पदाधिकारीहरु महासमिति बैठक स्थगित गरी छलफलमा जुटेका थिए । त्यसका लागि सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदाधिकारी बैठक बसेको थियो ।

पदाधिकारी बैठकमा कुरा मिले तत्कालै केन्द्रीय समिति बैठक बसेर विधान मस्यौदा पारित गराउने तयारी थियो । केन्द्रीय सदस्यहरुलाई बैठकका लागि तयार रहन अलर्ट गराइएको थियो । तर, पदाधिकारी बैठकमा कुरा नमिलेपछि केन्द्रीय समिति बैठक साँझ ६ बजे बस्ने गरी स्थगित गरिएको कांग्रेस नेताहरुले बताएका छन् ।

पदाधिकारी बैठकमा संस्थापन र संस्थापन ईतर पक्षका नेताहरुले आ–आफ्नो अडान राखे । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार एकजना उपसभापति, महामन्त्री र सहमहामन्त्रीको निर्वाचन गराउने विषयमा असहमति जनाए । उनीहरुले सबै पदमा निर्वाचन हुनुपर्ने अडान दोहोर्याए । सभापतिले देउवाले भने २ जना उपसभापति, २ महामन्त्री र २ जना सहमहामन्त्री बनाउने र ती मध्ये एक एक जना निर्वाचनबाट र एक एक जना मनोनित गर्ने प्रस्ताव गरेका थिए ।

महासमितिमा ‘देउवा शैली’को विरोध
महासमिति बैठकमा पनि सभापति देउवाको शैलीलाई लिएर विरोध भएको छ । देउवाले विधान विवाद समाधानका लागि केन्द्रीय समिति बैठकमा जानुपर्ने र आफू नआउन्जेल गच्छदारले बैठकको सभापतित्व गर्ने भनेपछि महासमिति सदस्यहरुले नाराबाजी गरेका थिए । उनीहरुले गच्छदारलाई सभापति नमान्ने भन्दै नाराबाजी गरेपछि देउवा आधा घण्टाका लागि बैठक स्थगित गरेर बाहिरिएका नेता जगदीश्वरनरसिंह केसीले जानकारी दिए । ‘सभापतिले विधान पास गर्न म केन्द्रीय समिति बैठकमा जानु छ, त्यतिन्जेलसम्म बैठकको अध्यक्षता विजयले गर्छ भन्नुभो’ केसीले भने, ‘यसो भन्नेबित्तिकै महासमिति सदस्यहरुले हुटिङ गरे र गच्छदारलाई सभापति नमान्ने बताए, त्यसपछि सभापतिले आधा घण्टाका लागि बैठक स्थागित गर्नुभयो ।’

महासमिति सदस्यहरुले भखरै पार्टीमा प्रवेश गरेका गच्छदारलाई कुनै पनि कुरा नसुनाउने बताएका थिए । ‘हिजो आएको उहाँलाई हामीले सभापति मान्ने कुरा हुँदैन,’ एक सदस्यले भने, ‘निर्वाचित भएको भए पनि त एउटा कुरा हुन्छ, टिका लगाएर उपसभापति बनाएको व्यक्तिलाई हामीले दुई घण्टा होइन, दुई मिनेट पनि किन मान्ने सभापति ? देउवाको यस्तै शैलीले पार्टीमा विवाद र गुट बन्ने स्थिति आएको भन्दै महासमिति सदस्यहरुले असन्तुष्टि जनाएका थिए ।