काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराटनगरमा गुणस्तरहीन नाला निर्माण, स्थानीयले नै भत्काइदिए

13.31K
shares

विराटनगर–७ मा मापदण्डविपरीत निर्माण गरिएको कम गुणस्तरको नाला स्थानीयले भत्काउन लगाएका छन् । विराटनगर वडा नम्बर २ र ७ को सिमानामा पर्ने बिजुली अफिस जाने पूर्व–पश्चिम बाटोमा मापदण्डविपरीत कम सिमेन्ट प्रयोग गरी बनाउन लागिएको नाला स्थानीयले भत्काउन लगाएका हुन् ।

गुणस्तरहीन काम गरेकाले नाला आफैं भास्सिन थालेपछि भत्काउन लगाएको स्थानीय भरत ठाकुरले जानकारी दिए । ठेकेदार पक्षले नाला जोडाइका क्रममा कम सिमेन्ट प्रयोग गरेको थाहा पाएर विरोध गर्दासमेत काम निरन्तर गरेपछि भत्काउन लगाएको उनले बताए ।

स्थानीयको जानकारीपछि निर्माणस्थलमा पुगेका विराटनगर महानगरपालिकाका इन्जिनियर घनश्याम काफ्लेले निर्माण गरिएको नालाको दुई लेयरमा समस्या देखिएकाले भत्काएर पुनः बनाउन लगाइएको बताए । उनले गुणस्तरहीन काम हुनसक्नेप्रति आफूहरु सजग रहेको प्रस्ट पारे ।

विराटनगरमा जारी क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत सो नाला निर्माण भइरहेको छ । परियोजनाअन्तर्गत विराटनगरभित्र ७३ किलोमिटर सडक कालोपत्रे र ३० किलोमिटर नाला निर्माणको काम हुँदै छ । २०१७ नोभेम्बरमा सुरु भएको परियोजनाको काम २०१९ नोभेम्बरमा सकिने जनाइएको छ ।

सघन सहरी विकास विकास कार्यक्रमअन्तर्गत ६२ करोड र साना तथा मझौला सहर वातावरणीय विकास परियोजनाअन्तर्गत दुई अर्ब ९५ करोडको लागतमा सडक कालोपत्रे हुनेछ । त्यसैगरी, २ अर्ब ६२ करोडको लागतमा क्षेत्रीय विकास परियोजनाअन्तर्गत नाला तथा सडक निर्माणको काम पनि भइरहेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएको उक्त परियोजनाअन्तर्गत ७१ किलोमिटर सडकमा कालोपत्रे र दुबैतर्फ नाला निर्माण गरिनेछ ।