युनाइटेड सिमेन्ट्सको राजमिस्त्री तथा ठेकेदारसँग अन्तर्क्रिया
वि.सं.२०७५ पुस २ सोमवार २२:१०
shares

के.एल. दुगड ग्रुपअन्तर्गतको युनाइटेड सिमेन्ट्स प्रा. लि. ले गण्डकी र धौलागिरीका विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारसँग जानकारीमूलक अन्तर्क्रिया गरेको छ । गोरखा, डुम्रे, खैरेनीटार तथा दुलेगौंडा, पोखरा तथा लेखनाथ र बाग्लुङमा कार्यक्रम गरिएको उद्योगका क्षेत्रीय बजार प्रतिनिधि हेमलाल श्रेष्ठले जानकारी दिए ।
राजमिस्त्री तथा ठेकेदारको निर्माणसम्बन्धी कुनै पनि कार्यमा निकै नै ठूलो भूमिका तथा जिम्मेवारी रहने कारणले गर्दा उनीहरुमा सिमेन्टसम्बन्धी राम्रो ज्ञान हुनुपर्ने भएकाले अन्तर्क्रियात्मक कार्यक्रम गरिएको उनले बताए । ‘राजमिस्त्री तथा ठेकेदारमा भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रोफिटिङसम्बन्धी जानकारी अत्यावश्यक देखिएकाले पनि कार्यक्रम सञ्चालन गरेका हौं,’ श्रेष्ठले भने ।
नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त युनाइटेड सिमेन्ट उच्च गुणस्तर र आफ्ना ग्राहकप्रतिको सकारात्मक सोचका कारण छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको छ । ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुंगा खानी र धादिङको नौबिसेमा कारखाना रहेको युनाइटेड सिमेन्टले विगतमा पनि यस्तै विभिन्न कार्य गर्दै आएको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

























