काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से १५ अंक बढ्यो, दुई दिनमै ३४ अंकको वृद्धि

11.45K
shares

सेयर बजार परिसूचक नेप्से दुई दिनमै ३४ अंकले बढेको छ । आइतबार १८.८९ अंकले बढेको बजार सोमबार १५.१७ अंकले उकालो लाग्दै ११८२.७८ अंकमा पुगेको हो ।

कारोबारको मध्यसमयसम्म करिब स्थिर देखिएको सेयर बजार उत्तरार्धमा लगातार बढेको हो । व्यापारबाहेक नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेका छन् । व्यापार समूह भने १.२६ प्रतिशतले घटेको छ । आज पनि निर्जीवन बिमा कम्पनी समूह सबैभन्दा धेरै ४.२ प्रतिशतले बढेको छ । जीवन बिमा ३.७१ र लघुवित्त समूहमा ३.०८ प्रतिशतको वृद्धि आएको छ । बैंक, होटल, विकास बैंक, जलविद्युत, वित्त र अन्य समूहमा सकारात्मक बनेपछि समग्र बजार परिसूचक उकालो लाग्यो ।

नेप्से बढे पनि कारोबार रकम भने केही घटेको छ । सोमबार १५९ कम्पनीको ४२ करोड ३ लाख रुपैयाँबराबरको १२ लाख ६० हजार ५१८ कित्ता सेयर किनबेच भयो । आइतबार ४७ करोड ४२ लाखको सेयर कारोबार भएको थियो ।