काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पर्सामा तस्करको आक्रमणबाट तीन प्रहरी घाइते

13.23K
shares

गस्तीमा रहेको प्रहरी टोलीमाथि तस्करहरूले आक्रमण गर्दा सहायक प्रहरी निरीक्षक (असई)सहित तीन जना प्रहरी घाइते भएका छन् ।

पर्सस्थित जगन्नाथपुर गाउँपालिका-१ पाँडेपुरमा तस्कर समूहले गस्तीमा रहेको प्रहरी टोलीमाथि अक्रमण गरेका थिए । तस्करको आक्रमणबाट असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेम बहादुर राना र अर्जुन चौधरी घाइते भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार गस्तीमा रहेको प्रहरी टोलीमाथि तस्करले आक्रमण गरेका थिए । पहिले दुई जनाको संख्यामा रहेका आक्रमणकारी प्रहरीसँग झडप भएलगत्तै जम्मा भएका थिए । त्यसपछि ५०-६० को संख्यामा रहेका उनीहरूले प्रहरीमाथि आक्रमण गरेको ढकालले बताए ।

इन्धन तस्करी भइरहेको सूचनाका आधारमा गएको गस्ती टोलीमाथि तस्करले आक्रमण गरेपछि झडप भएको पर्सा प्रहरीले जनाएको छ ।