काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस महासमिति बैठकमा तनाब, प्रतिवेदन विना बैठक नचल्ने असन्तुष्ट पक्षको अडान

12.2K
shares

काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा मंगलबार तनाव भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीबीच विवाद भएपछि बैठकमा तनाब उत्पन्न भएको हो ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरूले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने अडान लिएपछि बैठकमा तनाव उत्पन्न भएको थियो । स्रोतका अनुसार जिल्ला सभापति केसीले बोलीरहेको समयमा सहमहामन्त्री डा. महतले माइक खोस्न खोजेपछि बैठकमा तनाव उत्पन्न भएको थियो ।

महत र केसीबीच विवाद भएपछि सदस्यहरूले हुटिङ गरेका थिए ।

पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलबार बैठक सम्पन्न हुनुपर्नेमा विधान मस्यौदामा सहमति जुट्न नसक्दा बैठकमा विधान मस्यौदा प्रतिवेदन पेश हुन सकेको छैन ।