काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शिखर इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

16.23K
shares

अग्रणी बिमा कम्पनी शिखर इन्स्योरेन्सले दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । शिखरले अर्घाखाँची सन्धी खर्कका शेरबहादुर थापाको परिवारलाई सामूहिक बिमा योजनाअन्तर्गत एक लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, साथी साकोसका अध्यक्ष धर्मराज भुषाल, शिखर इन्स्योरेन्स अर्घाखाँचीका शाखा प्रबन्धक लक्ष्मण केसीले एक कार्यक्रमकाबीच मृतक थापाकी पत्नी कल्पना थापालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
मृत्यु दाबी भुक्तानी भएपछि मृतक बिमित थापाकी पत्नी कल्पनाले दुर्घटना जो कोहीमाथि जुनसुकै बेला हुन सक्ने भएकाले बिमाको महत्व थाहा पाएको बताईन् ।

बीमा निर्देशिका २०५९ को दफा–३१ को उपदफा (४) अनुसार दाबी भुक्तानीका लागि आवश्यक सम्पूर्ण कागज प्रमाण पेश गरिसकेको अवस्थामा कुनै पनि बिमा कम्पनीले १५ दिनभित्र बीमितलाई भुक्तानी गर्ने गर्दछन् ।