काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सडक महोत्सव प्रचार गर्दै पोखरेली व्यवसायी रुपन्देहीमा

13.61K
shares

अंग्रेजी नयाँ वर्षमा आयोजना हुने २०औ पोखरा सडक महोत्सवको प्रसारप्रसारका लागि निस्किएको होटल तथा रेष्टुरेन्ट व्यवसायीको टोली रुपन्देही आइपुगेका छ । नेपालका विभिन्न स्थानमा २०औं पोखरा सडक महोत्सवको प्रसारप्रसारका लागि निस्किएको टोली मंगलबार रुपन्देही आइपुगेको हो ।

पुस १३ गते देखि १७ गतेसम्म २८ डिसेम्बरदेखि जनवरी १ सम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइटमा २०औं पोखरा सडक महोत्सव हुँदैछ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा हुने महोत्सव सफल बनाउन एसोसिएसनको टोली लागिपरेको अध्यक्ष बुधराज भुजेलले जानकारी दिए ।

सडक महोत्सवका क्रममा लेकसाइटको तीन किलोमिटरसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । सडकमै विभिन्न देशका खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुल वृत्तचित्र प्रदर्शनी र बालउद्यानका साथै ख्यातीप्राप्त राष्ट्रिय कलारकारबाट लोकदोहोरी गीत प्रस्तुत गरिने रेवानका अध्यक्ष भुजेलले जानकारी दिए ।

पोखरा पर्यटन व्यवसवायी परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार २७ देशका खानाका परिकार सडक खाना महोत्सवमा राखिनेछ । रेबान पोखराका महासचिव गणेश थापाले २० वर्षदेखि ‘सडकमै खाऔं, सडकमै रमाऔं’ नारासहित महोत्सव आयोजना भइरहेको जानकारी दिए ।