काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पत्रकार कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार

11.97K
shares

दिवंगत पत्रकार कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि तीन लाखको अक्षयकोष खडा गरिएको छ । कोष स्थापनाका लागि स्वर्गीय कोशराज रेग्मीका परिवारको तर्फबाट तीन लाख रुपैयाँको चेक नेपाल पत्रकार महासंघ मोरङ शाखालाई हस्तान्तरण गरिएको छ ।

वरिष्ठ पत्रकार कोशराज रेग्मीकी श्रीमती, छोराछोरीहरूले बुबाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । सो कोषमा यसअघि स्वर्गीय कोषराज रेग्मीले स्थापना गरेको पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान पनि गाभिएको छ । प्रतिष्ठानले हरेक वर्ष मोती जयन्तीका अवसरमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको थियो ।

कोष स्थापनापछि स्वर्गीय कोशराज रेग्मीको स्मृतिमा हरेक दुई वर्षमा मोती जयन्तीका दिन पत्रकार कोशराज रेग्मी स्मृति पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि २५ हजार रुपैयाँको हुनेछ । यो पुरस्कार स्थानीय तथा राष्ट्रिय स्तरमा पत्रकारिता गरेका व्यक्तिलाई प्रदान गरिनेछ ।

त्यस्तै, यसअघि प्रदान गर्दै आएको पिताम्वर–खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार अब हरेक दुई वर्षमा प्रदान गरिनेछ । ११ हजार १ सय ११ रुपैयाँ राशिको यो पुरस्कार प्रदेश १ मा पत्रकारिता गरेका व्यक्तिलाई प्रदान गरिनेछ । विराटनगर–१२ पिचरास्थित रेग्मी निवासमा आयोजित कार्यक्रममा स्वर्गीय कोशराज रेग्मीकी धर्मपत्नी रेणुका रेग्मी र नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले कोष स्थापना र पुरस्कार प्रदान गर्ने कार्य्विधि सम्बन्धमा बनेको सम्झौता पत्रमा हस्ताक्षर गरेको महासंघ मोरङका सदस्य किशोर विश्वकर्माले जानकारी दिए ।

सो अवसरमा पीताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठानका सचिव कविराज न्यौपाने, सदस्य अनन्तराज न्यौपाने, स्वर्गीय कोशराज रेग्मीका ज्येष्ठ सुपुत्र भोजराज रेग्मीले स्वर्गीय कोशराज रेग्मीले जीवनकाल गरेको पत्रकारिता कर्मको बारे चर्चा गरेका थिए ।