काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पेट्रोलियम पदार्थको मूल्य घट्यो, बाहिरका डिपोमा पनि नयाँ मूल्य

9.41K
shares

सरकारले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर दुई/दुई रूपैयाँका दरले मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल ११० प्रतिलिटर, डिजेल र मटितेल ९७ रूपैयाँ प्रतिलिटर पर्छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको जनाएको  ।

यसैगरी, निगमले निगमको डिपो एवं बिक्री केन्द्रदेखि १५ किलोमिटरभित्र लागू हुने क्षेत्रभित्र पनि नयाँ मूल्य तोकेको छ । जसअनुसार झापा, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगन्ज, अमलेखगङ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको १०८ रुपैयाँ ५० पैसा, डिजेल र मटितेलको ९५ रुपैयाँ ५० पैसा तथा पोखरा र दाङका लागि पेट्रोल १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मटसतेलको ९६ रुपैयाँ ५० पैसा नयाँ मूल्य तोकेको छ ।