काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिगकोला बजारमा

13.99K
shares

पेय पदार्थ पारखीहरुलाई लक्षित गर्दै मल्टिनेसनल कम्पनी बिगकोलाले आफ्नो उत्पादन प्रदेश नम्बर ५ मा बिक्री प्रारम्भ गरेको छ । प्रदेश नम्बर ५ का लागि आधिकारिक विक्रेता बिजी ट्रेडिङले भैरहवामा एक कार्यक्रम गरी उत्पादन बिक्री सुरु गरेको हो । भैरहवाका तीन जना युवा व्यवसायीहरुको लगानीमा प्रदेश ५ का लागि नेपालको आधिकारिक विक्रेता निलगिरी फुड एन्ड बेभरेज प्रालिले बिजीलाई तोकेको हो ।

अहिले बजारमा रहेका अन्य पेय पदार्थको तुलनामा स्वाद र स्वस्थ्यको दृष्टिले बिगकोला उत्कृष्ट रहेको उत्पादकको दाबी छ । निलगिरी फुड एन्ड बेभरेजका सञ्चालक समितिका अभिषेक तिवारीका अनुसार अहिलेलाई बजारमा बिगकोला, बिग सिफ्रुट, बिग लेमन लाइम र बिग ओरेन्ज गरी चारवटा उत्पादन ल्याइए पनि जनवरीदेखि नै इनर्जी ड्रिंकको रुपमा भोल्ट र अन्य उत्पादन गरी सात किसिमका पेयपदार्थ आउने बताए ।