काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चिठ्ठा परेको छ भन्दै पैसा ठग्ने गिरोह रुपन्देहीबाट पक्राउ

12.43K
shares

सामाजिक सञ्जालमा ‘तपाईंलाई चिठ्ठा परेको छ’ भन्दै सन्देश पठाएर ठग्ने गिरोहलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । बुटवलका एक जनालाई ‘२५ लाख भारतीय रुपैयाँ परेको छ’ भन्दै त्यसको आयकरबापत ४५ हजार भारु मागेर ठगी गर्ने तीन जनालाई भैरहवा सिद्धार्थनगर–१, बेलहिया नाकाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।

उनीहरुलाई पुस १ गते राति पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सिद्धार्थ नगरपालिका–१ बस्ने २१ वर्षका अब्दुल पठान, रोहिणी गाउँपालिका–१ बस्ने २० वर्षका सम्मुदिन जोलाहा र भारत महाराजगन्ज सुनौली ग्राम बस्ने १८ वर्षका मुन्ना भन्ने मोहम्मदन हसन छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीहरुको साथबाट २ लाख ४१ हजार ५ सय नगद पनि बरामद भएको छ ।

त्यस्तै, प्रहरीले लागुऔषधसहित देवदह नगरपालिका–७ बस्ने ३० वर्षका सुनिल गुरुङ र २७ वर्षका केशव सिंहलाई पनि पक्राउ गरेको छ । उनीहरुलाइ लु. ४ प ७७७३ नम्बरको मोटरसाइकल खानतलासी गर्दा ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

त्यस्तै, प्रहरीले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ । देवदह–५ मा पुस १ गते बाटोमा हिँडिरहेकी महिलालाई यौन दुव्र्यवहार गर्दै जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा देवदह–५ का ५३ वर्षका रामबहादुर बिक पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले मंगलबार पत्रकार सम्मेलनमा गरी उनीहरुबारे जानकारी गराएका हुन् ।

त्यसैगरी, बुटवल–६ मा महिलामाथि जर्बजस्ती गर्न खोज्ने २५ वर्षका कमलसिंह सिंजालीमगर पनि पक्राउ परेका छन् । प्रहरीले सिद्धार्थनगरबाट तनहुँ–१३ बस्ने सहिदा खानलाई पनि पक्राउ गरेको छ । खानले लागुऔषधको कारोबार गर्ने गरेको भेटिएको हो । त्यसैगरी, मोटरसाइकल चोरीमा संलग्न बुटवल–१० का प्रकाश फुलेल पनि पक्राउ परेका छन् । उनले मिलनचोकमा पार्किङ गरेको लु. ३२ प १८८१ को मोटरसाइकल चोरेको प्रहरीले जनाएको छ ।