काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हेल्थ नेपालद्वारा विभागीय टोली पुलिस पराजित

12.56K
shares

विभागीय टोली नेपाल पुलिस क्लबलाई हेल्थ नेपाल स्पोटर्स क्लवले पराजित गरेको छ । पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा लगातार तीन खेलमा जित हासिल गर्दै अघि बढेको पुलिसलाई हेल्थ नेपालले पराजित गरेको हो ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा २२–२५, २०–२५, ३१–२९, २५–१९ र १५–९ को सेटमा हेल्थ नेपालले पुलिसलाई पराजित गरेको हो । पुलिस क्लब १० अंकसहित शीर्ष स्थानमा छ । हेल्थ नेपालले भने ७ अंक जोडेको छ । मंगलबार भएको पहिलो खेलमा रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले ढोरपाटन स्पोटर्स क्लवलाई २५–२३, २५–२०, २५–१६ को सोझो तीन सेटमा पराजित गरेको छ ।

यसैगरी, मंगलबारको खेलमा सशस्त्र प्रहरीको एपिएफले नेपाल आर्मीलाई पराजित गरेको छ । एपिएफले आर्मीलाई २५–२१, १८–२५, २५–२१, २०–२५ र १५–११ को सेटमा पराजित गरेको हो । नयाँबजार युवा क्लवले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई २५–१५, २५–१७ , १९–२५, २१–२५ र १५–९ को सेटमा पराजित गरेको हो । बुधबार पनि बिहान ८ बजेदेखि लिग चरणका खेल हुने भएको राष्ट्रिय रेफ्री गोपाल थापाले जानकारी दिए ।