काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

20.54K
shares

जंगली हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ मा एक जनाको मृत्यु भएको छ । फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्तिको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । मागेर गुजारा चलाउने तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षभित्र हात्ती आक्रमणमा परी मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । आउने जाने बाटोमा हात्तीले प्रयोग गर्ने फार लेनमै बसेको अवस्थामा व्यक्तिमाथि आक्रमण गरेको उनले बताए ।

मृतकले लगाएको लुगाले भारतीय भएको अनुमान गरिए पनि उनको परिचय हालसम्म खुल्न नसकेकोे उपरीक्षक ढकालले जानकारी दिए । मृतकको शव परीक्षणका लागि वीरगञ्ज पठाइएको छ ।