काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्रिश्चियन धर्मको प्रचारमा बालबालिकाको प्रयोग

18.67K
shares

धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई काभ्रेपलाञ्चोक बनेपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका शनिबिार बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका बालबालिका हातमा दर्जनौँ पुस्तक लिएर हिँडिरहेको अवस्थामा भेटिएका हुन् ।

बनेपा जनागालका मुक्ति विष्टले बालबालिकालाई यसरी धर्म प्रचारमा प्रयोग गर्ने क्रम बढेको बताए । ‘ल हेर्नुहोस्, अङ्कल यो किताब पढ्नुुस् है भन्दै सानासाना बालबालिकाले क्रिश्चियन धर्मसम्बन्धी पुस्तक दिएर गए’ । उनले भने ।

आफूलाई युसुफ बताउने पुस्तक बाँडिरहेका १२ वर्षका बालकले ‘चर्चको अङ्कलले बजारका पसल र बाटोमा हिँड्ने मान्छेलाई पुस्तक दिनु’ भनेर पठाएको बताए । उनीसँगै पनौती र काठमाडाँै इमाडोल घर बताउने अन्य दुई बालक पनि पुस्तक बाँड्दै हिँडेका भेटिए । ‘यी किताब बाँडिसकेपछि अङ्कलले चक्लेट किनिदिनुहुन्छ’ साइमन नाम गरेका अर्का बालकले खुसी हुँदै भने । बिहानको चिसोमा किताब बाँडिसकेर चर्चको ‘प्रार्थना’मा जान उनी हतारिएका देखिन्थे ।

यसबारे बेतानी चर्चका पाष्टर सुजन सुन्दासले भने आफूहरुले कुनै उद्देश्यका साथ बालबालिकालाई प्रयोग नगरेको बताए । ‘बच्चा आफैँले पुस्तक निकालेर आफुखुसी बाँडेका हुन्, हामीले प्रयोग गरेका होइनौं,’ उनले भने । जिल्लाका मानव अधिकारकर्मी भोजराज तिमल्सिना जिल्लामा धर्म र राजनीतिमा बालबालिका प्रयोग बढ्दै जानु दुःखद् भएको बताउँछन् । (रासस)