काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्मला हत्या प्रकरण : सैनिकको पनि डिएनए परीक्षण

9.58K
shares

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा घटनास्थलनजिक रहेका ब्यारेकको सैनिकको पनि डिएनए परीक्षण गरिने भएको छ । डिएनए परीक्षणका लागि रगतको नमुना लिइएको प्रहरी स्रोतले जनाएको छ । अपराधीको नजिक पुगेको भन्दै प्रहरीले दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । तर, डिएनए नमिलेपछि विशाललाई छाडिदिएको प्रहरी सैनिकको डिएनए परीक्षणतर्फ लागेको हो ।

निर्मलाको शव भेटिएको स्थानबाट करिब तीन सय मिटरमा सेनाको बाहिनी छ । त्यसकारण घटनामा संलग्न भएको हुनसक्ने आशंकामा सैनिकको डिएनए परीक्षण गर्न लागिएको प्रहरीले जनाएको छ । प्रहरीले डिएनए परीक्षणका लागि रगत लिएका १६ मध्ये चारजना सैनिक छन् । ‘साउन १० गते ब्यारेकबाट निस्किएका चार सैनिकको डिएनए परीक्षणका लागि रगतको नमुना लिइएको छ तर रिपोर्ट आउन बाँकी छ,’ प्रहरी स्रोतले भन्यो । साउन १० गते छिमेकी बम दिदी–बहिनीको घर गएकी निर्मला शवको भोलिपल्ट नजिकैको उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेको थियो ।

घटनाको प्रारम्भिक अुनसन्धानमा प्रहरीले चरम लापर्बाही गरी नक्कली अभियुक्त खडा गर्न खोजेपछि सर्वसाधारणले प्रहरीमाथि प्रश्न उठाइरहेका छन् । एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले समेत घटनामा १८ प्रहरीको लापर्बाही र गलत नियत देखिएको भन्दै कारबाही गर्न सिफारिस गरिसकेको छ ।