फिलिपिन्समा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
वि.सं.२०७५ पुस १४ शनिवार १६:३६
shares

फिलिपिन्समा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै अधिकारीहरुले सचेत रहन चेतावनी दिएका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षणले दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर ६.९ को भूकम्प गएको जनाएको छ । मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारे भने खुल्न सकेको छैन ।
अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

























