काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेपत्ता वडाध्यक्ष खोजी गर्न गाउँपालिकाको ‘जंगल सर्च अभियान’

15.37K
shares

अर्घाखाँचीस्थित मालारानी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष विष्णु प्रसाद भुषाल (विनोद) एकाएक वेपत्ता भएको बिहीबार १८ दिन पुगेको छ ।

आफन्तले पत्रकार सम्मेलनमा स्थानीय प्रशासन, गाउँपालिकाले वेपत्ता वडा अध्यक्षको खोजीमा कुनै चासो नदेखाएको गुनासो गरेपछि मालारानी गाउँपालिकाले यसमा चासो देखाएको छ ।  मलारानी गाँउपालिका अर्घाखाँचीका वडाध्यक्ष बालकृष्ण आचार्यले वेपत्ता वडाध्यक्षको खोजी कार्यमा गाउँपालिकाले चासो नदेखाएको आरोपमा सत्यता न्यूज कारोबारलाई बताए ।

Balkrishna acharya
बालकृष्ण अाचार्य

आचार्यका अनुसार वडाध्यक्ष वेपत्ता भएपछि उनको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका निकायहरुसँग गाउँपालिकाले समन्वय गरिरहेको दवी गरे । जिल्ला प्रहरी कर्यालयमा निवेदन गाउँपालिकाको नेतृत्वमा दर्ता गरिएको उनले दावी गरे ।

वेपत्ता भएको १८ औं दिन गाउँपालिकाले छिमेकी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची,  कपिलवस्तु, प्युठानमा टोली बनाएर खोजी कार्य गरेको उनले जानकारी दिए । यस्तै गाउँपालिकाका अध्यक्ष आचार्यको निर्देशनमा प्रहरी, स्थानीयत तथा सरोकारवाला समेत गरी करिब ३० जनाको टोलीले अर्घाखाँचीस्थित पत्थरकोटको जंगल, गोरुसिङ्गे (कपिलवस्तु)को जंगलमा खोजी कार्य जारी राखिएको पनि जानकारी दिइएको छ ।

– अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का अध्यक्ष १६ दिनदेखि बेपत्ता, हराएका वडाध्यक्षको खोजीमा प्रशासनले सहयोग नगरेको आफन्तको गुनासो

आचार्यले भने, ‘हामीले खोजी कार्य निरन्तर जारी राखेका छौं,’ आचार्यले भने, ‘जिल्ला-जिल्लामा खोजी अभियान टोली खटिएको छ भने पत्थरकोट, गोरुसिंङ्गे क्षेत्रको जंगलमा पनि खोजीको लागि प्रहरी सहितको टोली परिचालन गरेका छौं ।’

गत पुस २ गते मालारानी गाउँपालिकाबाट सरकारी सावारी साधनमा सदरमुकाम सन्धीखर्क आएका उनी सोही दिनदेखि वेपत्ता भएका हुन् । पुस २ गतेदेखि हराएका वडाध्यक्षको खोजीमा स्थानीय प्रशासन तथा गाउँपालिकाले चासो नदेखाएको भन्दै आफन्तहरुले गुनासो गरेका थिए ।

गत पुस २ गते घरबाट वडा कार्यालयतर्फ हिँडेका उनी सन्धीखर्क आएको भाई जीवलाल भुषालले बताए । सन्धीखर्क आएका उनी गुन्टेखोलामा रहेको यमहा (यमाहा मोटरसाइकल­)को सोरुममा मोटरसाईकल मर्मत गरिदनु भन्दै त्यहीँ छोडेर गोरुसिंङ्गे (कपिलवस्तु) गएर आउछु भन्दै सार्वजनिक बस चढेर हिडेको बताइएइको छ ।

यसरी हिडेका उनको मोबाइल सोही बसमा भेटिए पनि उनी वेपत्ता भएका छन् । बसमा मोबाइल छोडेको भेटिएपछि बस चालकले आफन्तलाई फोन गरी उक्त मोबाइल फिर्ता दिएका छन् ।

आफन्तहरुले गत पुस ४ गते नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा खोजीका लागि निवेदन दिएका थिए । यस्तै गत पुस १० गते आफन्तले अर्घाखाँचीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।

file photo jugnle (4)

भुषालका साना बुबा यदुनाथ पाण्डेका अनुसार भुषाल स्थानीय तहको निर्वाचनमा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले एमालेबाट वडाध्यक्षको उमेद्वार भई चुनाव जितेका हुन् ।

साना बुबा पाण्डेका अनुसार मालारानी-१ भुषालको फर्निचर व्यवसाय पनि छ । ४१ वर्षीय भुषालका एक छोरी, एक छोरा र श्रीमती छन् । गाउँमा कसैसँग पनि उनको मनमुटाव अथवा झै झगडा नभएको आफन्तको भनाइ छ । आफन्तले छिटो भन्दा छिटो खोजीका लागि प्रशासन समक्ष माग गरेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक भने प्रहरी परिचालन गरी खोजी कार्य अगाडि बढाएको बताउँछन् । उनले यस विषयमा अहिले नै ठोस केही प्रमाण नभेटिएकाले केही भन्न नमिल्ने बताए । वडाध्यक्ष भुसालले चलाउने मोबाइल बसमा खसालेकोले बस चालकमार्फत मोबाइल घरमा आइसकेको छ ।