काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज विश्व वाथरोग दिवस, नेपालमा पनि मनाइँदै

15.79K
shares

आज विश्व वाथरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शरीरका हाडजोर्नी, माशपेशी, छाला, नशा दुख्ने समस्या वाथरोग हो । बाथ रोगको धेरै प्रकारका भएकाले यसले हाडजोर्नी बाहेक मुटु, मृगौला, फोक्सो, टाउको, कलेजो लगायतका शरिरको भित्री अंगलाई पनि असर गर्ने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर डा. स्वेता नकर्मीले बताइन् ।

बिहान उठ्दा हातका औंला, जोर्नी कक्रिने, मुठ्ठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जामभए जस्तो हुने, हिड्न, बस्न, उठ्नै गाह्रो हुने बाथ रोगका लक्षण हुन । यस्तै शरीर झमझम गर्ने, मांशपेशी भित्र दुख्ने, ज्वरो आउने, कपाल झर्ने, चिसोपानीमा हात राख्दा छालाका रंग परिवर्तन हुने, शरीरमा रातानिला सानासाना टाटाहरु आउने, छाला तन्किने, औंलामा घाउ आउने, घाममा जाँदा पुतलीको प्वाख जस्तो गाला रातो डाम आउने, मुखमा घाउ आउने हुन्छन ।

यसैगरी उकालो–ओरालो गर्दा र भ¥याङ् चढ्दा हड्डी दुख्ने पनि बाथ रोगको लक्षण् हो ।उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहेको डा. नकर्मीले बताइन् । यो राग सबै उमेरका व्यक्तिलाई जुनसुकै बेला हुन लाग्न सक्ने भएपनि ५० वर्ष नाघेकालाई बढी सताउने गरेको छ ।