वामदेवले नलड्ने भनेपछि उपनिर्वाचनको लफडा सकियो : प्रचण्ड
वि.सं.२०७५ असोज २६ शुक्रवार १९:०८
shares

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य बामदेव गौतम उपनिर्वाचनबाट पछि हटेका छन् । काठमाडौं ७ का संसाद रामवीर मानन्धरलाई राजीनामा गराएर गौतम उपनिर्वाचनको उम्मेदवार बन्ने तयारीमा थिए ।
तर उपनिर्वाचनबारे चौतर्फी आलोचना भएपछि गौतम उपनिर्वाचनबाट पछि हटेका हुन् । शुक्रबार आलापोटमा दसैंकाे शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतम उपनिर्वाचनको पक्षमा नरहेको बताएका हुन् ।
‘वामदेवले म लड्दिन भनेपछि सबै कुरा सकियो, अब उपनिर्वाचनको लफडामा हैन विकासका काममा लाग्छौं’, प्रचण्डले भने । नेता गौगतमलाई काठमाडौं ७ बाट उपनिर्वाच गराएर संसदमा लैजान सांसद मानन्धरले राजीनामा दिने घोषणा समेत गरेका थिए ।
अध्यक्ष प्रचण्डले काठमाडौंको सडक केही समयमै पीच गरेर राम्रो बनाउने बताए । ‘सरकाले विकासको कामलाई प्राथमिकता दिएको छ, विकासको आधार तयार पारिएको छ’, उनले भने, ‘अब जनताले देखिने गरि विकासको काम सरकारले गर्छ।’

























