काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खुल्ला पौडी प्रतियोगिताको उपाधि शिरिषलाई

10.79K
shares

पोखराको फेवातालमा शुक्रबार) सम्पन्न भएको ८ औं खुल्ला पौडी प्रतियोगितामा ओलम्पीयन शिरिष गुरुङ्गले उपाधि जितेका छन । उनले निर्धारित दुई किलोमिटर ५ सय मिटरको दुरी २१ मिनेट ३२ : ६७ सेकेण्डमा पुरा गरी उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन।

नेपाल आर्मीका शिरिषले दुइ बर्ष अघि ओलम्पीकमा सहभागि भई राष्ट्रिय रेकर्ड राख्न सफल भएका थिए । उनले जित संगै २५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । दुई बर्ष अघि पोखरामा भएको प्रतियोगितामा समेत उनले उपाधि जितेका थिए भने त्यस अघि ४ बर्ष अघि भएको प्रतियोगितामा समेत उपले उपाधि जितेका हुन् ।

४० जना सहभागि भएको उक्त प्रतियोगितामा काठमाण्डौं डिएभि कलेजका वेदज्ञराज जोशी दोश्रो भए । कक्षा १२ मा अध्ययनरत जोशीले निर्धारित दुरी २१ मिनेट ३८ : ३१ सेकेण्डमा पार गरेका थिए । उनले नगद १५ हजार प्राप्त गरे । यसै गरि काठमाण्डौं निसर्ग वाटिका माविका कक्षा ८ का बिद्यार्थी दिपाङ अवालेले निर्धारित दुरी २१ मिनेट ४२ :९२ सेकेण्डमा पुरा गर्दै तेश्रो हुदा उनले नगद १० हजार हात पारे ।

त्यसै गरी महिला तर्फ भएको उक्त प्रतियोगितामा प्रिमियर ईन्टरनेश्नल माविकी छात्रा उपास्ती महर्जन प्रथम भएकी छन। निर्धारित दुरी उनले २२ मिनेट ३३ : ३५ सेकेण्डमा पार गरी उपाधि सहित १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

काठमाण्डौंका निर्सग वाटिकाका छात्रा समिरा शोभा थापा दोश्रो भईन भने प्रिमियर ईन्टरनेश्नल स्कुलकी शेवी महर्जन तेश्रो भईन। थापाले निर्धारित दुरी २३ मिनेट ५५ : ९५ सेकेण्ड र महर्जनले भने २४ मिनेट ०५ः७७ सेकेण्डमा उक्त दुरी पार गरेकी हुन। दोश्रोले ८ हजार र तेश्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरे ।

यसैगरि पोखरा तर्फको लागि आयोजना भएको प्रतिष्प्रर्धामा धनमान गुरुङ्ग प्रथम भएका छन। उनले निर्धारित दुरी २६ मिनेट ४८ः७४ सेकेण्डमा पार गर्दै उपाधि सहित ५ हजार प्राप्त गरे । कास्कीबाट सहभागि भएका ६ जना खेलाडीहरु मध्य अर्जुन गुरुङ दोश्रो र ठाकुर चौधरी तेश्रो भए ।

नेपालीले प्रतियोगितामा ३० मिनेट १८ः१० सेकेण्डमा दुरी पार गर्दा चौधरीले ३३ मिनेट ५६ः४९ सेकेण्डमा दुरी पार गरी क्रमशः ३ हजार र २ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ५ जना विदेशी प्रतियोगिहरु सहभागि भएको कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले बताए ।

नेपालमा हालसम्म जाडो मौसममा पनि पौडी प्रतियोगिता गर्नको लागि हिटिङ सुईमिङ पुल नहुदा खेलाडीहरुलाई नियमित अभ्यास गराउन कठिन भएको संघ कास्कीका सचिव एवं गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक आनन्द कुवंरले बताए ।

विजयी खेलाडीहरुको टोलीलाई गण्डकी प्रदेशका सांसद राजिप पहारी, कास्कीका प्रहरी प्रमुख एस.पी.ओम बहादुर राना, डि.एस.पी. रविन्द्रमान गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।