सुनकोशी नदीमा बस खस्यो, एकको मृत्यु, छ घाइते
वि.सं.२०७५ असोज २६ शुक्रवार २०:०५
shares

सुनकोशी नदीमा यात्रुबाहक बस खसेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट बस सुनकोशी नदीमा खसेको हो ।
सिन्धुलीको मरिणबाट काठमाडौँतर्फ जादै गरेको ना ६ ख ९१२ नम्बरको बस शुक्रबार बिहान सुनकोसी नदीमा खसेको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । अहिले पनि उद्धारको काम भइरहेको छ ।

























