काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सन्दीपले बनाए नयाँ कीर्तिमान, एउटै प्रतियोगितामा लिए २४ विकेट

15.1K
shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । उनले एउटै प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका छन् । मलेसियामा जारी आईसीसी टि– ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोट बी प्रतियोगितामा उनले ६ खेलमा २४ विकेट लिएर कीर्तिमान बनाएका हुन् ।

सन्दीपले पहिलो खेलमा म्यानमारविरुद्ध ४ किवेट लिएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ५ विकेट र तेस्रो खेलमा थाइल्यान्डविरुद्ध पनि ५ विकेट लिएका थिए । त्यस्तै चौथो खेलमा भुटानविरुद्ध ३ विकेट र पाचौं खेलमा चीनविरुद्ध ३ विकेट लिएका सन्दिपले सिंगापुरविरुद्ध ४ विकेट लिए । यसअघि एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा बसन्त रेग्मी र विनोद दासले लिएका थिए ।

विनोदले सन् २००५ को तीन दिवसीय प्रतियोगितामा २१ विकेट लिएका थिए । बसन्तले सन् २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए ।