काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गुर्जा हिमालको आधार शिविरमा ८ जनाको मृत्यु, शव निकाल्न कठिनाइ

21.06K
shares

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि पुगेका ४ कोरियाली नागरिक र ४ जना नेपालीको हिमआँधीमा परि मृत्यु भएको छ ।

गुर्जाको आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको शव भेटीएको छ । हिमालको आधार शिविरमा पुगेर राति बास बस्ने क्रममा हिमआँधीका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीले म्याग्दी जनाएको छ ।

प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार प्र्रतिकुल मौसमका कारण आधार शिविरबाट उनीहरुको शव निकाल्न सकिएको छैन । उद्दारमा पुगेको हेलिकप्टर समेत फर्किएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिले थप स्रोत साधनका साथ फेरि उद्दारमा जाने तयारी गरेको बताइएको छ ।

गत असोज २१ गते धौलागिरी गाउँपालिका–१ स्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न ४ जना दक्षिण कोरियाली नागरिकको साथमा ४ जना नेपाली पनि आधार शिविर पुगेका थिए । उनीहरू ट्रेकिङ क्याम्प नेपाल नामक  ट्रेकिङ एजेन्सीबाट गएका थिए । टोलीको नेतृत्व किम चङ होले गरेका थिए ।

सोही टोलीलाई भेट्न २४ गते थप एक नेपाली र एकजना कोरियन नागरिक आधार शिविर पुगेको बताइएको छ । एक दिन मात्र बसेर फर्किने भनेका उनीहरु धेरै दिनसम्म नफर्किएपछि खोजीका लागि स्थानीय पुगेका थिए ।

स्थानीयले उनिहरु मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई गरेका थिए । स्थानीयको खबरपछि पुगेको हेलिकप्टर आधार शिविरमा ल्यान्ड हुन नसकेर फर्किएको हो । २४ गते नै हिमआँधीमा परेर उनीहरुको मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

सो टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्न ६० दिनको आरोहण अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ । गुर्जा हिमाल एक दशकपछि अारोहण खुला गरिएको थियो ।