काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआरएनएको विधानसभा सम्पन्न

14.01K
shares

गैरआवासीय नेपाली संघको विधानसभा संशोधन प्रस्ताव सुझाव संकलन गर्दै सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को अक्टुवर १२, २०१८ शुक्रबार काठमाडौंमा सम्पन्न विधानसभाले प्रस्तावित विधानलाई अहिलेकै संरचनामा थप व्यवस्थित बनाउँदै लैजाने सहमति बनेको हो ।

विधान समितिका संयोजक डा. हेमराज शर्मा र सहसंयोजक भवानी प्रसाद ओलीले प्रस्तुत गरेको विधानमाथि ७ समूहमा विभाजन गरेर छलफल भएको थियो । विशेष गरी उपाध्यक्ष, डेलिगेट्सको छनोट, कर्मचारीको नियुक्ति र कारबाही जस्ता थुप्रै कुरा संसोधन सहित सुझाव संकलन गरिएको एनआरएनका महासचिव डा. बद्री केसीले जानकारी दिएका छन् ।

यस्तै भिजन २०२० एन्ड बियोण्ड अनुरुप नै संरचना हुने र सो अनुसार युवा तथा दोश्रो पुस्ताका लागि थप एक उपाध्यक्ष गरी ६ जना उपाध्यक्ष रहने विषयमा सकारात्मक सुझाव प्राप्त भएको केसीले बताए । विधानसभाले पास गरेको निर्णय सुझावको लागि मात्र पेश गर्न सकिने र विधान परिवर्तन गर्न विशेष साधारणसभा नै गर्नुपर्ने भएकाले विधानबाट विधानसभाको प्रावधान हटाउने भएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षको पदसमेत नरहने निर्णय प्रस्ताव गरिएको छ । उपाध्यक्षको योग्यता नतोकिकनै विजेताहरु मध्येकालाई आइसीसीले नै क्षेत्र विभाजन गर्ने, २ वर्षे कार्यकाललाई नै कायम राख्ने निर्णय भएको छ । २०१७ को अर्थात वर्तमान विधानका अधिकांश प्रावधान यथावत कायम गर्नेमा सबैजना सहमत भएका छन् ।