काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्मला हत्या प्रकरण : विष्ट र भट्टले बुझाए स्पष्टीकरण

13.86K
shares

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले लिखित स्पष्टीकरण गृहमन्त्रालयमा बुझाएका छन् । उनीहरुले घटना भएको तीन महिनापछि लिखित स्पष्टीकरण गृहमन्त्रालयमा बुझाएका हुन् ।

उनीहरुले बुझाएको स्पष्टीकरणमाथि अनुसन्धान गरेर थप निर्णय लिइने गृहको तयारी छ । उनीहरुले स्पष्टीकरणमा आफूहरुले कुनै लापरवाही नगरेको दाबी गरेका छन् । तर, उनीहरुको जवाफ चित्त नबुझे  बर्खास्त गर्ने सरकारको तयारी छ । अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले यसअघि उनीहरुलाई निलम्बन गरेको थियो ।

घटनाको अनुसन्धान गर्न बनाइएको उच्चस्तरीय समितिले घटनामा प्रहरीको लापरबाही देखिएकाले प्रहरी अधिकारीमाथि अनुसन्धान गर्नुपर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
निर्मलाको. हत्या भएको तीन महिना बित्यो ।

तर, हत्यारा अझै पक्राउ पर्न सकेको छैन । दोषीलाई कारबाहीको माग राख्दै आन्दोलन भइरहेको छ । घटना अनुसन्धान गर्न समितिहरु बनेपनि दोषी पहिचान हुन सकेको छैन ।गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला भोली पल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।