काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्य

16.76K
shares

डडेल्धुराको भागेश्वर गाउँपालिका लाकममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।

भागेश्वरको बोकटाबाट जिल्ला सदरमुकाम आउँदै गरेको म. १ ज १८० नम्बरको जिप वडा नम्वर ४ लाकममा दुर्घटना भएको हो । २ जनाको घटनास्थलमै मृत्यु भएको र घाइते ११ जना मध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाइएको छ ।

मृत्यु हुनेमा भागेश्वर ३ का ४५ वर्षीय दिपेन्द्र शाही र भागेश्वर २ का २७ वर्षीय धर्मसिंह मडै रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।