काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्यालिफोर्नियाको डढेलो क्षेत्रमा पुगे ट्रम्प, ७६ को मृत्यु, १ हजार बेपत्ता

16.57K
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियास्थित डढेलो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

डढेलोले ठूलो मात्रामा जनधनको क्षति भएपछि राष्ट्रपति ट्रम्प सो क्षेत्रमा पुगेका हुन् । स्थलगत अवलोकनपछि ट्रम्पले विगतमा जस्तै वन व्यवस्थापनमा कमजोरी भएको बताए ।

नोभेम्बर ८ देखि लागेको डढेलोका कारण ७६ जनाको मृत्यु भइसकेको छ भने एक हजार भन्दा बढी बेपत्ता छन् । प्याराडाइज नगरका करिब १० हजार निजी घर र दुई हजार ५०० भन्दा बढी अन्य भवन ध्वस्त भएका छन् । ठूलो मात्रामा भएको भौतिक क्षतिको पुननिर्माणमा केही वर्ष लाग्ने बताइएको छ ।

डढेलो ५० प्रतिशत मात्र नियन्त्रणमा आएको अधिकारीहरुले जनाएका छन् । यद्यपि, पूर्णरूपमा नियन्त्रणमा आउन भने अझै केही हप्ता लाग्ने बताइएको छ ।