काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हरिवोधनी एकादशी यसरी मनाइयो पोखरामा

11.8K
shares

हरिवोधनी एकादशी (ठुली एकादशी) पोखरामा तामझामका साथ मनाइएको छ । श्रद्धालु भक्तजनहरुले विष्णु भगवानको पूजा गर्दै तुल्सी घाटमा फूल अर्थात तोरण टाँग्दै भजन कृतनका साथ हरिवोधनी एकादशी मनाएका हुन् ।

यस वर्ष तुल्सीघाटमा पोखराबाट ३२ वटाभन्दा बढी तोरण टाँगिएको रामघाट व्यवस्थापन समितिका अध्यक्ष राम्जी प्रसाद कोइरालाले बताए । गत वर्ष करिब ४४ वटा तोरण टाँगिएको उनले जानकारी दिए । पोखराको तुल्सी घाटमा भक्तहरुको भीडभाड भएकोले फूल तार्न विभिन्न संघ संस्थाहरुले सहयोग गरेका थिए ।

haribodhani1-newskarobar

यस वर्ष समितिले विभिन्न दाताहरुबाट करिब ३ लाख रुपैयाँ आर्थिक संकलन गरेको छ । तोरण टाँग्ने टोलीले दिएको सहयोगसहित भक्तजनहरुले उक्त रकम दिएको कोइरालाले बताए ।

हरिवोधनी एकादशीको दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरिन्छ भने हरिशयनी एकादशीका दिन घर घरमा रोपिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गर्ने प्रचलन छ ।