काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चेपाङ बालिकलाई सुरक्षित सुत्केरी गराउन प्रधानमन्त्रीको पहल

11.34K
shares

मकवानपुरको राक्सिराङ–३ की १२ वर्षीया बालिका गंगा चेपाङको सुरक्षित सुत्केरी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं झिकाएका छन् । १२ वर्षकी बालिका गंगा चेपाङ गर्भवती भएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको थियो ।

‘प्रधानमन्त्री ज्यूबाट १२ वर्षिया चेपाङ् छोरीलाई जसरी हुन्छ सुरक्षित मातृत्व गराउन निर्देशन भएकाले हामीहरुले त्यही अनुरुप बातावरण बनाइरहेका छौं,’ प्रधानमन्त्रीका प्रेस सललाहकार कुन्दन अर्यालले भने ।

प्रधानमन्त्रीको निर्देशन अनुसार गंगा चेपाङको सोमबारदेखि मकवानपुर जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ । हेटौंडामा उपचार गराउन सम्भव नभए काठमाडौं झिकाउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग गंगाले भागी बिहे गरेकी थिईन् । कक्षा ४ मा पढ्दै गरेकी गंगा र कक्षा ३ मा पढ्दै गरेका उनका पतिले भागी विवाह गरेपछि उनीहरु दुवैले पढाई छाडेका छन् ।