काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तरघात गर्नेलाई कारबाही गरिन्छ : देउवा

10.73K
shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कारबाही गर्न आवश्यक रहेको बताएका छन् । उनले पार्टीलाई अनुशासित बनाउन अन्तर्घात गर्नेलाई कारबही गर्न आवश्यक रहेकोमा जोड दिए ।

नेपाली कांग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलन कार्यक्रमको मंगलबार विराटनगरमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले विगतको कमजोरीबाट पाठ सिक्दै अन्तरघातबाट पार्टीलाई मुक्त बनाउन पर्नेमा जोड दिए । उनले पार्टीभित्रको अन्तरघातका कारण गएको चुनावमा पार्टी पराजित भएको बताए ।

सभापति देउवाले वर्तमान सरकार अधिनायकवादको दिशातर्फ उन्मुख भएको आरोप लगाए । उनले न्यायालयमा हस्तक्षेप गरेको र अबका दिनमा प्रहरी, सेनामा समेत हस्तक्षेप गर्ने सरकारको योजना रहेको दावी गरे ।

कम्युनिस्टहरुको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख भएकाले त्यसबिरुद्ध नेपाली कांग्रेस डटेर लड्ने समय आएको उनले बताए ।

‘सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ,’ विराटनगरमा देउवाले भने, ‘देशलाई अधिनायकवादको चंगुलबाट मुक्त गर्न शशक्त प्रतिकार गर्न आवश्यक छ । त्यसको नेतृत्व अब नेपाली कांग्रेसले गर्नेछ ।’

सभापति देउवाले कम्युनिस्टको सरकारबाट देशलाई मुक्त गर्न नेपाली कांग्रेस एक जुट हुन आवश्यक रहेको बताए । उनले सरकारले निर्माला पन्तको बलात्कारपछि हत्यका दोषीलाई सरकारले नै लुकाउन चाहेकाले निर्मालाको दोषीलाई सरकारले कारबाही गर्न नचाहेको बताए ।

उनले निर्माला पन्त हत्याको दोषीलाई कारबाहीको माग गर्दै यति धेरै आवाज उठीरहँदा पनि सरकार किन कारबाही गर्न सक्दैन सरकार के गरी रहेको छ ? के हेरी बसेको छ ? देउवाको प्रश्न थियो ।

कार्यक्रममा नेता डा. शेखर कोइरालाले बर्तमान सरकारलाई आफूहरुले जे गरे पनि हुने भन्ने दम्भ पलाएको बताए । उनले प्रधानमन्त्रीमा शक्तिको भोका पलाएको उल्लेख गर्दै सबै शक्ति आफूमा केन्द्रित गर्न प्रधानमन्त्री ओली अग्रसर बनेको बताए ।

सरकार शक्ति सन्तुलन खल्बलाएर मुलुकलाई अधोगतिको मार्गमा अघि बढाउने प्रयासमा लागेको उनको आरोप थियो । त्यस्तै कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काले कांग्रेस चुकेको विषयमा एक हर्कालाई दोषरोपण गर्ने भन्दा पनि पार्टी भित्र व्यापक छलफल चलाएर सावधान खोजिनु पर्नेमा जोड दिए ।

‘धेरै विषयले पार्टीलाई कमजोर बनाएको छ,’ खड्काले भने, ‘उत्तेजना बढाएर दोषारोपण गर्न भन्दा पनि पार्टीभित्र छलफल चलाएर सही मार्ग खोज्ने अहिलेको आवश्यता हो ।’