काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपाका दुई अध्यक्ष छलफलमा

13.44K
shares

झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको तयारीका लागि पार्टीका दुई अध्यक्षले छलफल गर्दैछन् । बिहीबार तय भएको सचिवालय बैठकको एजेण्डाको विषयमा प्रधानमन्त्री केपीशर्मा ओली र पुष्पकमल दाहालबीच छलफल हुन लागेको हो ।

प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न दुई अध्यक्षबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । यसबारेमा पनि दुई अध्यक्षबीच छलफल हुनेछ । यसबीचमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थता तथा तिहार र छठ पर्व परेकाले बैठक पर सरेको हो ।

नेकपाको पछिल्लो सचिवालय बैठक गत कात्तिक ८ गते बसेको थियो । सो बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीको पूर्णताका लागि सिफारिश गर्न महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको थियो ।