विद्यालय शान्ति क्षेत्रको कार्यान्वय हुनुपर्नेमा प्रदेश २ मा बहस
वि.सं.२०७५ मंसिर ४ मंगलवार २२:५२
shares

बालबालिका तथा विद्यालयलाई शान्ति क्षेत्र रहेकामा एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । बालबालिका र विद्यालय शान्ति क्षेत्रका रुपमा २०६८ साल जेष्ठ ३ गते घोषणा गरिसकेको अवस्थामासमेत स्थानीय तहमा विद्यालय वरपर बालबालिकाको शैक्षिक वातावरणमा समस्या उत्पन्न हुने खालका गतिविधिहरु भइरहनुको साथै विद्यालय बन्द, हडतालको साथै शैक्षिक क्रियाकलापमा अवरोध हुँदै आएकाले यसबाट मुक्त गरिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
प्रदेश– २ को अस्थायी राजधानी जनकपुरधाममा बालबालिका तथा विद्यालय शान्ति क्षेत्र कार्यान्वयन सम्बन्धी प्रादेशिक परामर्शमा बोल्दै प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले विद्यालय र बालबालिकाहरुले शान्तिको महसुस गर्न नसकेकाले आफ्नो मन्त्रालयले बालबालिका र विद्यालयहरुमा बन्द हडतालको साथै राजनीतिक क्रियाकलापन नगर्न नगराउन सल्लाह सुझाव र निर्देशन दिँदै आएको बताए ।
विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको खण्डमा कार्यान्वयनका लागि प्रदेश नम्बर २ मा निकै समस्या देखिएकाले गर्दा यसमा सम्पूर्ण सरोकारवाला पक्षहरुको भूमिका अपरिहार्य रहेको कार्यक्रममा बताइएको छ ।
बालबालिका र विद्यालय सुधारका लागि शिक्षा क्षेत्रलाई मूल आधार बनाई लामो समयदेखि काम गर्दै आएको आसमान नेपालले आयोजना गरेको कार्यक्रममा सामाजिक विकास मन्त्रालयले समन्वय गरिनुको साथै वल्र्ड एजुकेशन र युनिसेफको सहयोगमा गरिएको बृहत परामर्शमा वक्ताहरुले राजनीतिक दलहरुले नै बालबालिका र विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा राजनितिक दलहरुकै नेता, कार्यकताहरुले विद्यालयमा गएर राजनितिक कार्यक्रमको साथै भोजभतेर, जयन्ती राख्ने गरेकाले गर्दा सवैभन्दा गम्भीर रुपमा स्थानीय निकायका जनप्रतिनिधिहरुको ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।
कार्यक्रममा प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले विद्यालयको गेट अगाडि मदिराजन्य पसल सञ्चालन, विद्यालय बन्द गरेर मेलाको आयोजना गरिनुले विद्यालय र बालबालिका प्रत्यक्ष मारमा परिरहेको भन्दै प्रदेश सरकार त्यस्ता खालका क्रियाकलापलाई गम्भीरताका साथ लिएको बताएका थिए । कार्यक्रममा प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीले विद्यालय र बालबालिकाहरु शान्ति क्षेत्र हुन् भनेर कार्य गरिनुपर्नेमा जोड दिँदै आएको बताए ।
नेपालमा पहिले प्रदेश २ मा शिक्षाको अवस्था राम्रो भए पनि अहिले आएर खस्किनुमा प्रदेश २ कै सम्बन्धित निकाय र राजनितिक नेताहरु जिम्मेवार भएकाले गर्दा हामी आफ्नो व्यवहारमा सुधार गरिनुपर्नेमा जोड दिएका छन् ।

























