काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनुषामा ५ वर्षीया बालिका बलात्कृत, आरोपी फरार

9.7K
shares

धनुषामा ५ वर्षीय बालिका बलात्कृत भएकी छन् ।

हसपुर नगरपालिकामा बस्ने बालिकालाइ स्थानीय ४५ वर्षीय कल्याणबहादुर कार्कीले चकलेट दिने प्रलोभन देखाइ बलात्कार गरेको प्रहरीले जनाएको छ । घर नजिकै फुलवारीमा खेलीरहेको अवस्थामा बालिका बलात्कार गर्ने कार्की अहिले हसपुरबाट फरार भएका छन् । बालिका पीडा सहन नसकेर बेहोस भएकी थिइन् ।

उनको जनकपुर अञ्चल अस्पतालमा उपचार गरिएको पारिवारले जनाएको छ । फरार कार्कीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिए ।