काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन, रेशम चौधरीको शपथदेखि वाइडबडी प्रकरणसम्मका प्रश्न !

14.83K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले विहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम अन्तिममा प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो । ओलीले सरकारको काम कारबाहीको विषयमा उठेका प्रश्नको जवाफ दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वाइडबडी जहाज खरिद प्रकरण, टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई सपथलगायतका विषयमा जवाफ दिन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतको भनाइ छ ।

जहाज खरिदमा भएको अनियमिततामा संघीय संसद्को लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शंकरप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी ठहर गरी कारबाहीको सिफारिस गरेको थियो । निगमले वाइडबडी जहाज खरीद गर्दा चार अर्ब ३५ करोड अनियमितता भएको उपसमितिको ठहर छ ।

उपसमितिले जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र राष्ट्रियसभाका सदस्यसमेत रहेका पूर्वपर्यटन मन्त्री जितेन्द्र नारायण देवले पनि नैतिक जिम्मेवारी लिन पर्ने भन्दै कानूनअनुसारको कारबाही गर्न सिफारिस गरेको छ । प्रधानमन्त्रीले यस विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।

सरकारले लेखा समितिबाट प्रतिवेदनमाथि निर्णय नहुँदै पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरिसकेको छ ।