काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजार ७ अंकले घट्यो, कारोबार रकममा बढोत्तरी

11.26K
shares

सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेको छ । अन्यबाहेकका सबै समूह ओरालो लागेपछि नेप्से परिसूचक ७.२२ अंकले घटेर ११७०.७९ अंकमा झरेको हो । अन्य समूह भने १.३२ प्रतिशतले बढेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार १५६ कम्पनीको ३१ करोड ३ लाख रुपैयाँबराबरको १३ लाख ६३ हजार ८५४ कित्ता सेयर किनबेच भएको छ । यो रकम गत हप्ताको अन्तिम कारोबार हुने दिन बिहीबारको भन्दा ४ करोड धेरै हो । बिहीबार २७ करोडको सेयर किनबेच भएको थियो ।

नेप्से घटे पनि नागरिक लगानी कोष, जेविल्स फाइनान्स, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक, आँखुखोला जलविद्युत कम्पनी, मेरो माइक्रोफाइनान्सलगायत कम्पनीको सेयर मूल्य बढेको छ ।