प्रभु बैंकका सेयरधनीले सात वर्षपछि पाउने भए लाभांश
वि.सं.२०७५ पुस २२ आइतवार २२:०२
shares

प्रभु बैंकका सेयरधनीले १०.२६३ प्रतिशत लाभांश पाउने भएका छन् । आइतबार बसेको बैंक संचालक समितिको १३५५ औं बैठकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
नियामक नेपाल राष्ट्र बैंकको अनुमतिपछि कम्पनीको आगामी साधारणसभाले उक्त प्रस्ताव पारित गर्ने छ । बैंकले यसअघि २०६६–०६७ मा सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

























