काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यसरी भयो संसदमा हंगामा, गल्ती कसको ?

17.37K
shares

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गर्ने खोज्ने विपक्षी सांसदलाई रोक्ने प्रयास गर्दा संसदमा हंगामा मच्चिएको छ । विपक्षी कांग्रेसका सांसदहरुका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भयो । संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न खोज्ने विपक्षी सांसदहरुलाई सभामुखले अनुमति नदिएपछि महरातिर अघि बढेका आक्रोशित सांसदलाई मर्यादा पालकले रोक्नु परेको थियो ।

कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय मागे । तर, सभामुख महराले प्रधानमन्त्रीले सरकारको कामकारबाहीबारे जानकारी मात्र दिएको भन्दै समय दिएनन् । त्यसपछि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाए । सभामुख महराले ‘सीमिति सदस्यलाई मात्र प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिए । तर, रिजालले महराको प्रस्ताव मानेनन् । उनले सीमित सदस्यमात्र भनेकोप्रति आपत्ति जनाए ।

रिजालले प्रश्न गर्न अस्वीकार गरेपछि महराले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिँदै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिए । दाहाल विधेय प्रतिवेदन पेश गर्न अघि बढ्दै गर्दा कांग्रेस सांसदमा अघि बढे । कांग्रेस सांसदहरु नाराबाजी गर्न थाले । दाहालले नाराबाजीका बीच प्रतिवेदन पेश गरे । आक्रोशित कांग्रेस सांसद सभामुख भएको ड्यासमा उक्लिन खोजेपछि मर्यादा पालकले रोके ।