काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनुषाको महेन्द्रनगरमा ४ सय लिटर घरेलु मदिरा नष्ट

14.49K
shares

प्रहरीले धनुषाको महेन्द्रनगरमा ४ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अवैध मदिरामुक्त गर्ने अभियानअन्तर्गत विभिन्न ठाउँबाट कब्जा गरिएको घरेलु मदिरा नष्ट गरेको हो ।

घरेलु विधि प्रयोग गरी घरमै उत्पादन गरिएको मदिरा जनकपुरलगायतको सहरी क्षेत्रको खुद्रा पसलहरुमा बेचिँदै आएको छ । महेन्द्रनगरको विभिन्न ठाउँबाट जनकपुरतर्फ लैजादैँ गरेको मदिरा सखुवा चोकमा चेकिङ्गको क्रममा र स्थानया बजारहरुमा विक्री वितरण गरिरहेको मदिरा जम्मा गरी स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी र पत्रकारहरुको रोहबरमा प्रहरीले नष्ट गरेको हो ।

केही दिन पहिला सखुवा बजारमा वर्षौंदेखि खुद्रा पसलहरुमा घरेलु उत्पादनबाट अवैध मदिरा उत्पादन गरि विक्री भई रहेको गुनासो आइरहेकाले इलाका प्रहरी कार्यालय महेन्द्रनगरले चेकजाँचमा कडाई गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरकाका इन्चार्ज प्रहरी निरीक्षक अमिर कुमार दहालले जानकारी दिए ।