काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुन्तलाबारी होमस्टे : सुन्तलासँग सेल्फी र गुरूङ संस्कृतिको मज्जा

19.34K
shares

सुन्तलाबारीमा सुन्तला खाँदै तस्बिर खिच्न पाइन्छ । सँगै होमस्टे पनि छ, जहाँ तपाईलाई न्यानो स्वागत गरिन्छ । यो कथा हो स्याङ्जाको खाल्टेमा अवस्थित सुन्तलाबारी होमस्टेको ।

सुन्तला खाँदै सेल्फी खिच्न पाइने यो होमस्टेले पर्यटन प्रवर्द्धनमा छुट्टै पहिचान बनाएको छ । सुन्तलाबारी घरबास कार्यक्रम (होमस्टे) ले थप गाउँको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याएको स्थानीय बताउँछन् ।

suntalabari4_newskarobar

सुन्तलाबारीका १५ घरमा ३५ जना क्षमताको होमस्टे सञ्चालन भएको सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष क्या. डिलबिक्रम गुरुङले बताए । उनका अनुसार गाउँका करिब ५० प्रतिशत घरमा होमस्टे सञ्चालन भएको छ ।

वि.सं. २०७० देखि व्यवसायिक रुपमा होमस्टे सञ्चालनमा ल्याएका स्थानीयले आगन्तुक पाहुनाहरुको लागि हाल एक रात बसी, खाना, खाजा सहितको लागि एक हजार रुपैयाँ शुल्क लिने गरेको अध्यक्ष गुरुङले बताए ।

‘हाम्रो गाँउ पर्यटकीय गाँउ हो, यहाँ सुन्तलाबारी, सहासिक खेल क्यानोनिङ, कान्छी मनकामना भ्यूटावर, कोल्मा डाँडाँ, गुफा, हाईड्रोलिक रमपम, गुरुङ समुदायको कला संस्कृति, अर्गानिक खानाको परिकार लगायतका आकर्षण छन्,’ गुरूङले भने ।

वालिङको तिरासीबजार देखि उत्तरपूर्व ७ किलोमिटरको दुरीमा उक्त होमस्टे छ । स्थानीय आमा समूहका अध्यक्ष डिल कुमारी गुरुङले सुन्तलाबारी होमस्टेमा आउने पाहुनालाई आफ्नो खेतवारीमा उत्पादन गरेको अर्गानिक खानपिन सहित, कौरा, सोरठी, घाँटु, दोहोरी लगायतका कार्यक्रमबाट मनोरन्जन दिलाउने बताइन् ।

suntalabari_newskarobar

आगन्तुक पाहुनलाई आफूहरुले मुख्य गेटबाट फूलमालाले स्वागत गरी, निमार्णाधीन सामुदायिक भवनमा लगेर सिजन अनुसारको खाजा/नास्ता दिने गरेको अध्यक्ष गुरुङले जनाए । त्यसै बेलुका विभिन्न घरमा पाहुनालाई खाना खुवाउने र घर घरमै उनीहरुलाई बासको व्यवस्था गरिने छ भने बेलुका स्थानीय लोक संस्कृति कार्यक्रम समेत प्रस्तुत गर्ने गरिनेछ । साथै विहानको चिया नास्ता सम्मको प्याकेज एक हजार रूपैयाँमा उपलब्ध हुनेछ ।

उक्त क्षेत्रमा २ ब्राह्मण, ३० गुरुङसहित ३२ घर परिवार छन् । विगत ५ वर्षदेखि सञ्चालन भएको होमस्टेल आफूहरुको आयआर्जनमा थोरै भए पनि सहयोग पुर्याएको होमस्टेका संस्थापक सचिव शेर बहादुर गुरुङले बताए । होमस्टे सञ्चालन भएसँगै विकास निमार्ण हुन थालेको उनले जानकारी दिए । होमस्टेले सडक निमार्ण र मर्मत, त्यहाँको बसाई सराईलाई रोकेको संस्थापक सचिव गुरुङले जनाए ।

suntalabari2_newskarobar

यसैबीच, नेपाल लाइफ इन्स्युरेन्स कर्पोरेसन (नेपाल) लि. का अभिकर्ताको एक टोली सुन्तलाबारी होमस्टेमा पुगेको थियो । पोखरा र स्याङ्जा क्षेत्रका उत्कृष्ट अभिकर्ताहरुको सामूहिक रुपमा २५ जनाको एक टोली सुक्रबार सुन्तलाबारी होमस्टेमा गएको एल.आई.सी.नेपाल पोखरा शाखाका एजेन्सी म्यानेजर गोविन्द खड्काले बताए ।

एल.आई.सी. पोखरा शाखाका प्रमुख गिरीराज घिमिरे, वालिङ शाखा प्रमुख निर्दोष वाग्ले, बीमा अभिकर्ता संघ एल.आई.सी. नेपाल पोखरा शाखाका अध्यक्ष रुक बहादुर गुरुङ, पोखराका एजेन्सि म्यानेजर सुशील ढुंगना लगायतको टोली होमस्टेमा सहभागी भएको हो । उक्त होमस्टेमा हाल घर घरमै सुन्तला फलेर होमस्टेको थप आकषर्ण बढाएको टोलीमा सहभागि एक अभिकर्ता नवराज क्षत्रीले बताए ।