अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त
वि.सं.२०७५ पुस २४ मंगलवार ०४:०५
shares

सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई पदबाट बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मानव बेचविखन प्रकरणमा मुछिएकी शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
पूर्वचालक वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि विवादमा परेकी लक्कीलाई सरकारले स्पष्टीकरणका लागि काठमाडौं झिकाएको थियो । आरोपमाथि छानबिन गरेपछि परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूतमा कायम राख्न उचित नहुने ठहर गरेको थियो । तर, परराष्ट्रको ठहरपछि पनि शेर्पाले राजीनामा दिन अस्वीकार गरेपछि बर्खास्त गरिएको बताइएको छ ।
राजदूत लक्की शेर्पाले आफूसँग ३३ लाख रुपैयाँ लिएको आरोप वाङ्छुले लगाएका छन् । वाङ्छु राजदूतको सवारी चालकको रुपमा अस्ट्रेलिया पुगेका थिए । राजदूतले एक जना सवारी चालक र एक जना भान्से नेपालबाट लैजान पाउने व्यवस्था छ । सोही व्यवस्थाको दुरुपयोग गर्दै राजदूत शेर्पाले वाङ्छुसँग ३३ लाख रुपैयाँ लिएकी हुन् । शेर्पा तत्कालीन नेकपा माओवादी केन्द्रको कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएकी हुन् ।
यो पनि पढ्नुहोस्

























