विदेश पठाइदिने भन्दै कन्सल्टेन्सीले ठग्यो डेढ करोड, सञ्चालक पक्राउ
वि.सं.२०७५ पुस २६ बिहीवार १२:२३
shares

विदेश पठाइदिने भन्दै २० जनाभन्दा धेरैबाट २० करोड रूपैयाँ ठगी धन्दा चलाउने कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीका अनुसार भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको हो । ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएका थिए । उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताएका छन् ।

























