काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अब पोखराबाटै श्रम स्वीकृति

17.87K
shares

गण्डकी प्रदेशको राजधानी पोखराबाट श्रम स्वीकृति सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नवलपरासी पिठौलीका खड्कबहादुर गुरुङ र स्याङ्जा फेदीखोलाका चन्द्रमान गुरुङलाई प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले श्रम स्वीकृतिसहितको पासपोर्ट हस्तान्तरण गरी सेवा सुरु भएको घोषणा गरेका हुन् ।

पोखराबाटै सेवा सुरु भएपछि गण्डकी प्रदेशका युवालाई श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । कार्यक्रममा मन्त्री विष्टले अबको पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जाने बाध्यकारी अवस्थाको अन्त्य गरिने बताए । वैदेशिक रोजगारीमा पलायन हुने अवस्था आगामी दिनमा निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ ।

शिक्षा, सीप, दक्षता अभावमा नेपाली युवा जनशक्ति कठिन र जोखिमयुक्त अवस्थामा रोजगारीमा जान बाध्य भएको बताउँदै मन्त्री विष्टले कामप्रति उच्च सम्मान गर्ने वातावरण स्वदेशमै सिर्जना नभएसम्म यस्तो अवस्था न्यूनीकरण नहुने दाबी गरे । ‘दुनियाँ बदलिएको र विभिन्न विकसित देश आफ्नै मुलुकका युवा जनशक्ति परिचालन गरेर समृद्ध भएका हुन्,’ उनले भने, ‘नेपालमा केही काम नगर्नेहरु रातारात धनी हुने तर दिनरात काम गर्नेहरुको जीवनस्तर बदलिन वर्षौं लाग्ने अवस्था पनि देखिएको छ तर यसको अन्त्य हुनुपर्छ ।’