मोबाइलको ब्याट्री पड्केर ७ वर्षीय बालकको मृत्यु
वि.सं.२०७५ पुस २७ शुक्रवार २०:०९
shares

विराटनगर–१५ रामजानकी टोलमा मोबाइलको व्याट्री पड्किँदा ७ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सुवास मण्डलको छोरा अमित मण्डल रहेका छन् भने स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते राधिकाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पराल बालेर आगो ताप्ने क्रममा बेवारिसे ब्याट्री पड्केको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























