काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यसरी मनाइयो २९७ औं पृथ्वी जयन्ती (फोटो फिचर)

12.56K
shares

सार्वजनिक विदा नदिइए पनि २९७ औं पृथ्वी जयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरी अहिलेको नेपालको निर्माण गरेका थिए ।

यद्यपी पृथ्वीनारायण शाहलाई कसरी सम्झने भन्ने सम्बन्धमा प्रशस्त विवादहरू छन् । एक थरीले उनलाई ‘राष्ट्रनिर्माता’ का रूपमा व्याख्या गरिरहँदा अर्काथरीले उनको आलोचना पनि गर्ने गरेका छन् । कतिपयले त उनले नेपाल एकीकरण गरेको नभई राज्य विस्तार गरेको भनी कटू टिप्पणी पनि गरेको पाइन्छ ।

यति हुँदा हुँदै पनि अधिकांशले उनलाई राष्ट्रनिर्माताकै रूपमा हेरेका छन् । कतिपय सन्दर्भमा उनको योगदानको अवमूल्यन र अति मूल्यांकन पनि गरेको पाइन्छ । जे भए पनि आजको नेपालमा शाहको योगदान छ भन्नेमा प्रायः सबैको एकमत छ, तर त्यसमा दृष्टिकोण भने अलग अलग छन् ।

उनै शाहको जन्मदिनका अवसरमा मनाइएको २९७ औं पृथ्वी जयन्तीका केही तस्बिरहरू :