काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डा. गोविन्द केसीलाई अस्पताल सारियो

14.15K
shares

इलाम पुगेर अनसनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ । मुटुको गति अनियमित भएर स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान केसीलाई अस्पताल भर्ना गरिएको हो ।

डा.केसीको श्वासप्रश्वासमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । केसीलाई आइतबार नै अस्पताल सार्न खोजिएको थियो तर, उनले मानेका थिएनन् ।

डा.केसीलाई निमोनियाको आशंका पनि गरिएको छ । जुम्लामा २७ दिनसम्म १५औं सत्याग्रहमा बसेका डा.केसीलाई काठमाडौं ल्याइएपछि गत साउन १० मा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत् माग पूरा गर्नेगरी २२ बुँदामा सहमति भए पनि गत २५ गते संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफ्ना माग अक्षरशः पालना नभएपछि डा.केसीले २५ गते साँझ नै सदरमुकामस्थित फूलगाछीको एक निजी घरमा १६औं अनसन थालेका हुन् ।