काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टेलिमकको ५५ प्रतिशत लाभांश पारित

19.78K
shares

नेपाल दूरसञ्चार कम्पनीको एघारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । सञ्चालक समितिको लाभांश बाँड्ने निर्णय साधारणसभाले पारित गरेको हो ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति थियो । सभाले आर्थिक वर्ष २०७४/७५ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

nepal-telecom-newskarobar (2)

यसैगरी, साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०७५/७६ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा कम्पनीको एघारौं वार्षिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन पेस गर्दै उनले अगामी दिनमा अझ बढी ग्राहकमुखी सेवा प्रदान गरी मुलुकको अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा रहिरहने प्रतिबद्धता व्यक्त गरे । २०७५ असारसम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्यान्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको उनले जानकारी दिए ।