टेरिजा मे विरूद्धको अविश्वासको प्रस्ताव असफल
वि.सं.२०७५ माघ ३ बिहीवार २०:३१
shares

बेलायती प्रधानमन्त्री टेरिजा मे ले संसदबाट विश्वासको मत पाएकी छिन् । बेलायतको हाउस अफ कमन्सले युरोपेली युनियन (इयु)बाट बेलायत बाहिरिने (ब्रक्जिट) सम्बन्धि इयुसँग भएको सम्झौता अस्वीकृत गरेसँगै मुख्य विपक्षी लेबर पार्टीले उनीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।
बुधबार राति भएको उक्त प्रस्ताव माथिको मतदानका क्रममा मेको पक्षमा २३५ मत र विपक्षमा ३०६ मत खसेको थियो । यससँगै आफूविरूद्ध आएको अविस्वासको पहिलो पस्तावलाई उनले असफल पारिदिएकी छिन् ।

























