विश्व बैंकका कन्ट्री डाइरेक्टर भेटघाटमा व्यस्त
वि.सं.२०७५ माघ ३ बिहीवार २०:३०
shares

नेपाल, बंगलादेश र भुटानका लागि विश्व बैंकका देशीय निर्देशक क्विमिआओ फान यतिखेर नेपालका शीर्षस्थ नेताहरूसँग भेटघाटमा व्यस्त छन् । बुधबारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका फानले बिहीबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका छन् ।
दुवैसँगका भेटका क्रममा नेपालका लागि देशीय प्रबन्धक फारिस हडाड जेर्भोस पनि सहभागी थिइन । भेटका क्रममा विश्व बैंकले नेपालको विकास प्रक्रियामा बैंकले सघाउने प्रतिबद्धता व्यक्त गरिएको बैंकले जानकारी दिएको छ ।
स्मरणीय छ, बैंकले नेपालका लागि यसै वर्षदेखि लागू हुने गरी नयाँ देशीय सहायता रणनीति तयार पारिसकेको छ, जसअन्तर्गत आउँदो पाँच वर्षभित्र नेपाललाई दिइने सहयोग राशि वृद्धि गरिने उल्लेख छ ।

























