काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उर्लाबारीमा कामना सेवा विकास बैंक, बिहीबारबाटै काराेबार सुरू

13.29K
shares

कामना सेवा विकास बैंक लिमिटेडले मोरङको उर्लाबारीमा नयाँ शाखा खाेलेकाे छ । उर्लाबारी नगरपालिका–७ मा बैंकका संचालक बलराम बराल र कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार नयाँ शाखाकाे उद्घाटन गरेका हुन् । बिहीबार उद्घाटन गरिएकाे बैंककाे ६४ औं शाखा कार्यालयबाट काराेबारसमेत सुरू भएकाे छ । बैंककाे याे शाखा प्रदेश नम्बर १ का लागि उसकाे पहिलोे हाे ।

बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहरी तथा ग्रामिण इलाकामा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेकाे छ । उपत्यकासहित २३ शाखा विस्तारकाे तयारी गरिएकाे बैंकले जनाएकाे छ ।